
५३ अंकले बढेर शेयर बजारमा ‘हरियाली’, एक अर्ब ६५ करोडको कारोबार
- जेष्ठ २१, २०८० मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अंक अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अंकमा कायम भएको हो ।
आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन दशमलव ५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ९४ अंकले बढेको छ । सबै समूहका उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय सात दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक तीन सय ४२ दशमलव ०५ अंकले बढेको छ ।
बैंकिङ समूह १७ दशमलव ३५, विकास बैंक एक सय १७ दशमलव ४५, वित्त ५२ दशमलव ७४ र होटल तथा पर्यटन समूह दुई सय ७४ दशमलव ८४ अंकले बढेको छ । त्यसैगरी, जलविद्युत् ९१ दशमलव ३९, लगानी एक दशमलव ६२, उत्पादन तथा प्रशोधन एक सय ५७ दशमलव ८४, लघुवित्त ८८ दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ८२ दशमलव ०८ र अन्य समूह ४२ दशमलव ३७ अंकले बढेको छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमेटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १६ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा ‘१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को शेयर मूल्य एक दशमलव ९६ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १५ करोड ८१ लाख ५४ हजार दुई सय ३८ बराबरको तीन लाख ३० हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments