
इटहरीको जनता स्कुलमा भर्ना अवसर: ४२५ सिटका लागि आवेदन खुल्यो
- फाल्गुन ११, २०८१ मा प्रकाशित

इटहरी । यस वर्षको भर्ना प्रक्रियामा इटहरीस्थित जनता स्कुलमा अभिभावकहरूको उल्लेखनीय चासो देखिएको छ।विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार सरस्वती पूजाको दिन मात्र ३५० वटा आवेदन प्राप्त भएको थियो भने हालसम्म आवेदन दिने विद्यार्थीहरूको संख्या निरन्तर बढिरहेको छ।
उनका अनुसार यस वर्ष सेक्टर १ मा १८५ र सेक्टर २ मा २४० जना विद्यार्थी भर्ना लिने योजना छ। सेक्टर १ अन्तर्गत नर्सरीमा २५ जना तथा कक्षा ६, ७, ८ र ९ मा ४०-४० जना विद्यार्थी भर्ना लिइनेछ। यस्तै, सेक्टर २ मा कक्षा ४ देखि ९ सम्म प्रत्येक कक्षामा ४० जना विद्यार्थी भर्ना गरिनेछ। दुवै सेक्टरमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार हाल विद्यालयमा थप कक्षा कोठा निर्माण गरिएकाले विद्यार्थी भर्ना संख्या बढाइएको हो। उनले भने, “हाम्रो सिट संख्याभन्दा दोब्बर बढी आवेदन परेकाले अध्ययन गर्न नपाएका विद्यार्थीहरूलाई यस वर्ष केही अवसर सिर्जना भएको छ। यदि थप भवन तथा कक्षा कोठा निर्माण गर्न सक्यौं भने सबै इच्छुक अभिभावकका बालबालिकालाई अध्ययनको अवसर प्रदान गर्न सक्नेछौं।”
विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलापहरूमा सुधार गर्दै आएको छ। प्रदेश सरकारले जनता स्कुललाई सुनसरी जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत गरिसकेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments