
२६ निजी अस्पतालमा स्वास्थ्य विमा सेवा बन्द
- भाद्र ८, २०८० मा प्रकाशित

काठमाडौं । २६ वटा निजी स्वास्थ्य संस्था (अस्पताल) मा स्वास्थ्य विमा सेवा हटाइएको छ । स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको हो । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म सो संख्यामा अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ । बिमा सेवा हटाइएकामा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा, लाइफ लाइन अस्पताल झापा, मेची नेत्रालय झापा, नोबेल मेडिकल कलेज मोरङ, विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर मोरङ, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज पर्सा, शुभस्वस्तिक अस्पताल महोत्तरी, र नेपाल आँखा प्रतिष्ठान कपिलवस्तु छन् ।
त्यस्तै राप्ती आँखा अस्पताल दाङ, नेपालगञ्ज मेडिकल कलेज बाँके, फत्तेवाल आँखा अस्पताल बाँके, फुलकुमारी मेमोरियल हस्पिटल सिरहा र सगरमाथा चौधरी आँखा अस्पताल सिरहा र लाल रत्न अस्पताल कैलालीबाट पनि बिमा सेवा हटाइएको छ ।
अघिल्लो आर्थिक वर्षको बजेटमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ ।
योसँगै स्वास्थ्य बिमा कार्यक्रम लागु भएका ४५७ स्वास्थ्य संस्थाबाट २६ वटा अस्पताल घटेका छन् । अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि भने झन्डै दुईसय वटा निजी अस्पतालले बिमा कार्यक्रम सञ्चालन गर्न आवेदन दिएपनि नयाँ सम्झौता नगरिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । हाल बिमा कार्यक्रममा ७१ लाख ७५ हजार ५२७ नागरिक आवद्ध छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments