
२० करोड ७ लाख रुपैया राजस्व उठाउने ट्राफिक कार्यालय चन्दाको भरमा चल्छ
- श्रावण ४, २०८० मा प्रकाशित

इटहरी । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २० करोड ७ लाख रुपैया राजस्व सङ्कलन गरेर सरकारलाई बुझायो । सोही आर्थिक वर्षमा चेतनामुलक कार्यक्रम र ट्राफिक कन्ट्रोल उपकरणहरुको लागि पौने तीन करोड रुपैया खर्च गर्यो । तर त्यो रकम उसले चन्दा मागेरै जुटायो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ११.४२ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालय आफै भने सामान्य खर्चको लागिपनि दाताको भर पर्ने गरेको छ । कोशी प्रदेश प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो भन्छन्, ‘हाम्रो हातमा भनेको राजस्व संकलन गर्ने रसिद मात्र हुन्छ, त्यो पनि कहिलेकाहिँ चाहिएजति हुँदैन ।’
कार्यालयले यो एक वर्षमा प्रदेशको ट्राफिक व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम गरेको छ । सडकमा लेन छुट्याएर व्यवस्थित गर्ने, पार्किङ क्षेत्र तोक्ने, ह्विल लक, सिसी क्यामेरा, कन्भेक्स मिरर, रिफ्लेक्टर स्टिकर लगायत सामग्रीहरु किनेर प्रयोग गर्ने, सचेतनामुलक कार्यक्रम गर्ने काम गरेको छ । ती सबैको लागि गत आर्थिक वर्षमा विभिन्न सामाजिक संस्था तथा स्थानीय सरकारहरुबाट २ करोड ६२ लाख रुपैया जुटेको उनले बताए ।
दुर्घटनामा उल्लेख्य कमी
ट्राफिक व्यवस्थापन र चेकजाँच तथा कारवाही बढाएपछि राजस्व सङ्कलन बढेको र दुर्घटना घटेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा ३५१० वटा दुर्घटना भएको र यो अघिल्लो आवभन्दा ८ प्रतिशतले कम रहेको बताइएको छ । यस्तै ४१२ जनाको मृत्यु, ८१० जना गम्भीर घाइते र १४९७ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ । यो संख्यामा पनि अघिल्लो आर्थिक वर्षकोभन्दा २० प्रतिशत हाराहारी कम रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ सम्म भने यो दर बढ्दो थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments