
१६औँ मनमोहन स्मृति फुटबल : आज सेमिफाइनलका खेल
- चैत्र १८, २०७८ मा प्रकाशित
बुटवल: बुटवलमा जारी १६औँ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता-२०७८ मा सेमीफाइनल खेल खेल्न अन्तिम चार टिमको टुंगो लागेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र गोल गरेका थिए । खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवालाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।
शुक्रबार पहिलो सेमीफाइनल खेल वडा नम्बर ११ र १७ का बीचमा हुने छ भने शनिबार दोस्रो सेमीफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्ने उनले बताए । -न्युज काराखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments