
१५ दिनदेखि हराइरहेकी महिला मृत भेटिइन्
- असार २९, २०८० मा प्रकाशित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित मोर्डन स्कुल नजिकैको जंगलमा हराएकी एक महिला मृत भेटिएकी छिन् । सूर्यविनायक नगरपालिका ७ बस्ने ३८ वर्षीय माया नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
अस्थायी प्रहरी पोष्ट गुण्डुबाट प्रहरी सहायक निरीक्षक रामबहादुर मगरको टोलीले खोजतलास गर्दै जाने क्रममा उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार उनी असार १३ गते बिहान साढे सात बजेदेखि हराइरहेकी थिइन् ।
घटनास्थल सुरक्षित साथ राखी उक्त स्थानमा वृत्त जगातीबाट घटनास्थल मुचुल्का लगायत अनुसन्धानको लागी प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा १० जनाको टोली खटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
उक्त स्थान वृत्त जगातीबाट अन्दाजी ५ किलोमिटर दक्षिण पश्चिम पर्दछ । यसअघि खोजतलासको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय ४ कुकुरसहित खोजी कार्य भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments