
१५ करोड कारोबार गर्दै सकियाे विराट एक्स्पो
- पुष ११, २०७९ मा प्रकाशित
बिराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको छ ।
वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ ।
एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न नसकेको बताए । उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नपर्ने बताएका हुन् ।
मुख्यमन्त्री राईले खाली कृषिका कुरा मात्रै नगरी कृषिबाट उत्पादित कच्चा पदार्थलाई औद्योगिक उत्पादनमा बदल्नु आवश्यक रहेको उनले बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तर रुपमा एक्स्पो आयोजना गर्दै आए पनि एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खडकिरहेको बताए ।
विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि नेपाल सरकारका सबै निकायहरुमा अनुरोध गरीसक्दा समेत यसतर्फ कसैको चासो नगएको उनको गुनासो छ । एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरु संचालन गरिएको उनले बताए । उनका अनुसार एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी बिस्तार गर्न, अग्र तथा पृष्ठ अन्तरसम्बन्ध कायम गर्न तथा नवप्रर्वतक उद्यमशिलताको विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयहरुमा छलफल भएका छन् । ५७ जना विज्ञहरुको उपस्थितिमा भएको प्रत्येक थिमेटिकल सेसनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरुबाट भएको प्रस्तुतीले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको प्याकुरेलको दाबी छ ।
एक्स्पोमा उद्योग व्यवसायको व्यवसायिक स्वास्थ्य परीक्षण, तदनुरुपको परामर्श सेवा, रोजगारीका लागि वृत्ति विकास मार्ग निर्देश, सीप विकास तालिमको अवसर, निजी उद्योगहरुमा अन द स्पष्ट रोजगारको अवसर पनि मिलेको उनले बताए ।
एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले बताए । उनका अनुसार ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको दाबी गरे । समापन कार्यक्रममा उत्कृष्ठ उद्यमीहरूलाई पुरस्कार गरिएको थियो । जसमा कृषितर्फ सनम फलफुल प्रशोधन उद्योग, उद्योगतर्फ अरिहन्त मल्टिफाइवर्स लिमिटेड, व्यापार अटोमोबाइल होटल तर्फ चन्द्रमा कोसेली तथा मसला उद्योग र प्रायोजक र पेभेलियन अन्तर्राष्ट्रियतर्फ क्याजिक फुटवयरलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments