
ह्वाईट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले भने– पुटिनले केही दिनभित्र युक्रेनमा हमला गर्न सक्छन्
- माघ २४, २०७८ मा प्रकाशित
न्युयोर्क: अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् ।
‘हामी झ्यालमा छौं । कुनै पनि दिन वा केही सातापछि रसियाले युक्रेनमाथि सैन्य हमला गर्न सक्छ वा उसले कुटनीतिक मार्ग छनौट गर्न पनि सक्छ,’ फक्स न्युज सन्डेसँग सुलिभानले भने । पछिल्ला सातामा रसिया र युक्रेनबीचको तनाब चर्किएको छ । दुबै पक्षले सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेका छन् । तनाव अन्त्यका लागि कूटनीतिक पहल गर्न दुबै पक्षमाथि दबाब बढेको छ ।
रसियाको सम्भावित अतिक्रमलाई लिएर अमेरिका र पश्चिमा देशहरुले त्रास व्यक्त गरेका छन् । युक्रेनमा आक्रमणको कुनै योजना नभएको तर सुरक्षासम्बन्धी माग पुरा नभए अनिर्दिष्ट सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने रसियाले बारम्बार माग गर्दै आएको छ ।
दुई देशबीचको बढ्दो तनावले युद्धको अवस्था निम्त्याएको र यसले एसियाली देशहरुमासमेत असर गर्ने विज्ञहरुले बताउँदै आएका छन् । रसियाले युक्रेन अतिक्रमणका लागि आफ्नो ७० प्रतिशत सुरक्षाकर्मी जम्मा गरेको अमेरिकी अधिकारीहरुले दाबी गरेका थिए । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments