
होलीमा छाला र कपालको सुरक्षा कसरी गर्ने ?
- चैत्र २, २०७८ मा प्रकाशित
एजेन्सी । रंग नै रंगको पर्व हो होली । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृतिअनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
होलीमा रंगको धेरै नै महत्व हुने गर्दछ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर एक अर्कालाई रङ्गिन बनाउँछन् । रंगमा धेरै प्रकारको केमिकलहरु हुने गर्दछ । रंगमा भएको रसायनले हाम्रो कपाल छाला, आँखामा धेरै नै नोक्सानी गर्ने गर्दछ । त्यसैले होलीको रंग खेल्नु अगाडी यस्ता उपायहरु अपनाउनुहोस् ।
छालाको स्याहार कसरी गर्ने ?
–होलीको अघिल्लो राती तपाईले आफ्नो छालामा बदाम या नरिवलको तेल लगाउनुहोस् । यसो गर्दा छालामा ओसीलोपन हुन्छ । तपाइँको छालामा रंग र रसायनहरू अवशोषित गर्नबाट रोक्छ।
–शरिर ढाक्ने गरिको सुती लुगाहरू लगाउने । यसो गर्दा छालालाई सीधै रंगको सम्पर्कमा आउन दिदैन ।
–रंग खेल्नु अघि सनस्क्रिन, जेल क्रीम, मोस्चराइजर साथै ओठ, कान र नङमा भ्यासलीन अनिवार्य रुपमा लगाउने ।
कपालको सुरक्षा कसरी गर्ने ?
–होली खेल्नुभन्दा पहिले कपालमा हेयर कण्डिशनरको प्रयोग गर्ने । यसले कपाललाई विभिन्न रङबाट सुक्खा हुन दिँदैन । कपाललाई खराब पानीबाट सुरक्षा पनि दिन्छ । यसले सूर्यको किरण, रङ र फोहर पानीका कारण हुने हानीबाट पनि बचाउँछ ।
–होली खेल्नु अघि कपालमा तेल वा सीरम लगाउने । यसले रङहरूलाई कपालमा टाँसिनबाट रोक्छ ।
–कपाल खुल्ला नराख्ने । बरु कपालमा रुमाल वा स्कार्फ बाध्ने । यसो गर्दा रंग सिधै तपाईको कपालमा पर्दैन ।–टाउकोमा कागतीको रस लगाउने । किनकि साइट्रिक एसिडले तपाइँको टाउकोलाई संक्रमण हुनबाट बचाउँछ ।
रङको एलर्जीबाट बच्ने तरीका :
–होली खेल्नुभन्दा पहिले मोइश्चराइजर क्रिम वा लोसन लगाउने ।– रङ हटाउन अनुहार घोटेर होइन, विस्तारै–विस्तारै धुने ।
– रसायनयुक्त रङभन्दा प्राकृतिक रङको प्रयोग गर्ने ।
– होलीको रङ धुन साबुन, फेसवाशभन्दा पनि बेसन, दही र पीठोको प्रयोग गर्ने ।
–छालामा टाँसिएको रङ पखाल्न चिसोपानीको प्रयोग गर्ने ।
–रङ पखालिसकेपछि आँखामा गुलाबजल लगाएमा आँखा पोल्ने समस्या हट्छ । साथै होली खेल्दा खेल्दै आँखामा अबिर वा रङ पसेमा पानीले आँखा धुनुपर्छ ।
होली खेलिसकेपछि के गर्ने ?
–रंगीन कपाल सफा गर्न चिसो पानी वा मनतातो पानीले धुने ।
–मिल्क प्रोटिन वा उच्च मोइस्चराइजिङ प्रभाव भएका स्याफू प्रयोग गर्ने ।
–विस्तारै हल्का मसाज गरेर धुने ।
– कपालमा कम्तिमा १० मिनेट राख्ने । कन्डिसनरलाई १० मिनेटको लागि राख्दा तपाईंको कपाल नरम स्पर्श प्राप्त गर्न मद्दत गर्दछ।
– होलीपछि एक हप्ता भरि हरेक रात अनुहार तथा कपालमा तेलले मालिस गर्ने । विहान चिसो पानीले सफा गर्ने ।
–होलीको भोलीपल्ट १ कप काँचो दूधमा एक चम्चा मह मिसाई कपालको जरादेखि टुप्पोसम्म लगाउने । यसलाई आधा घण्टा वा १ घण्टापछि मनतातो पानीले धुने । कपाल सुख्खा हुनबाट बचाउँछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments