•  ९ चैत्र २०८१
  •  6:30:12 PM

होटल इनटुरिसको तेस्रो वार्षिकोत्सव : सरकारले ब्यवसायीकाे मार्का नबुझेकाे गुनासाे

- जेष्ठ १९, २०७९ मा प्रकाशित



इटहरी । सरकारले पर्यटन प्रर्वदनकानिमित्त बिभिन्न नाराहरू ल्याएपनि त्यसलाइ ब्यवहारमा उतार्न नसक्दा नारा कागजमै सिमित हुन पुगेको एक कार्यक्रमबिच बक्ताहरूले बताएका छन । इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अधिकांस बक्ताहरूले यस्तो बताएका हुन ।

सरकारले पर्यटन ब्यवसायिहरूकोलागि ठोस नीति ल्याउन नसक्दा थुप्रै व्यवसायहरू अहिले पलायन भैसकेको बक्ताहरूले गुनासो राखेका छन । पर्यटन प्रर्वदनको मुख्य अंग होटल ब्यवसायहरूकालागि सरकारले बैंकको ब्याज दर घटाउन कुनै समन्वय नै नगरेकोजसको कारण ठुला लगानीका होटलहरू अहिले धरासयी बनेको ब्यवसायिहरूले गुनासो गरेका छन ।

कोभिडका कारण दुई वर्ष सम्म थलिएको होटल व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सरकारले बैंक ब्याजमा छुट्को व्यवस्था गर्नु पर्ने व्यवसायीहरुले माग गरेका छन ।

होटल इनटुरिस प्लालेसका सञ्चालक ताथ होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सरकारले बैंक ब्याज ४ प्रतिशतको सुविधालाई निरन्तरता दिनु पर्ने वताए । सरकारले एक वर्षका लागि मात्र ४ प्रतिशत होटल व्यवसायका लागि ब्याज सुविधा दिएको थियो ।

इटहरीमा रहेको होटल इनटुरिस प्यालेसको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका अतिथीहरुले सरकारले पर्यटन प्रवद्धनमा जोड दिने नीति अपनाउनु पर्ने सुझाव दिए । उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले राज्यले पर्यटकीय क्षेत्र वनाउन समेत पहल गर्नु पर्नेमा जोड दिए ।

Comments

सम्बन्धित खवर