
हेवाखोलामा ‘डाइभर्सन’ बनाई पाँचथर–ताप्लेजुङ सडक खण्ड सञ्चालन
- असार १८, २०८० मा प्रकाशित

पाँचथर । पाँचथरको हेवाखोलामा ‘डाइभर्सन’ बनाई मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम–ताप्लेजुङ सडक खण्ड सञ्चालनमा ल्याइएको छ । हेवाखोलामा ह्युम पाइप र पेनस्टक पाइप राखेर डाइभर्सन निर्माण गरिएपछि गए रातिदेखि यो सडक खण्डमा गाडी चल्न थालेको हो ।
हिलिहाङ–७ र फिदिम–४ जोड्ने हेवाखोलामा असार १२ र १३ गते दुई पटक डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याए पनि पुनः बाढी आएपछि गएको बिहीवारदेखि आवागमन ठप्प भएको थियो ।
असार २ गते शनिवार राति हेवाखोलामा आएको बाढीले बेलिब्रिज र मोटरेबल पुल बगाएपछि यो सडक खण्ड पटक–पटक बन्द हुँदै र खुल्दै आएको छ । बाढीले पुल बगाएपछि हेवा खोला पारि पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जिल्लाको सडक सम्पर्क टुटेको थियो । पुल बगेको ठाउँमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माणको काम गरिरहेको छ । तर बेलिब्रिज निर्माणको काम सुस्त भएको स्थानीयको गुनासो छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments