
हिमाली क्षेत्रमा चौँरी चराउन खर्कको अभाव, चीनतर्फ चोरी निकासी बढ्दो
- भाद्र ९, २०७९ मा प्रकाशित
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ६ का छोवाङ शेर्पाले साढे दुई वर्ष अगाडि किनेका एक सय चाैँरी तथा याकहरु अहिले दुई सय पुगेका छन् ।साढे दुई वर्ष अघि १ सय चाैँरी चीन तर्फ लगेर बेच्न प्रति चाैँरीकाे ६५ हजारका दरले ६५ लाखमा किन्नुभएको थियो । तर, चाैँरी किनेपछि कोरोनाका कारण चीनतर्फ लाने नाका बन्द भयो ।
नाका बन्द भएपछि अहिले बढेर २ सय पुगेका छन् । घुन्साका डण्डु शेर्पाका पनि चाैँरी गाईहरु बढेर २५ देखि ५० पुगेको छ । चीनले ताप्लेजुङको ओलाङचुङगोलामा रहेको तिप्ताला नाका साढे दुई वर्षदेखि बन्द गर्दा चौँरीको संख्या बढेकाे हाे । कोरोनाका कारणले बन्द भएको नाका अहिलेसम्म नखुल्नाले हिमाली क्षेत्रमा पालेका चौँरी बिक्री हुन नसकेका हुन् ।
बन्द हुनु भन्दा अगाडि घुन्सा, ओलाङचुङगोला, याङमा साथै याम्फुदिनमा एक हजार पाँच सय जति चाैँरी रहेकामा अहिले ओलाङचुङगोलामा मात्र एक हजार ५ सय चाैँरी रहेको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘ साढे दुई वर्ष भयो चौँरी बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि चौँरीका बाछा र चौँरी बिक्री नभएको हो ।’ ताप्लेजुङको हिमाली क्षेत्रका स्थानीयले चाैँरी गोठबाट जिविका चलाउँदै आएका छन् ।

समुन्द्र सतहबाट तीन हजार ५ सय मिटर उचाईदेखि पाँच हजारसम्मको उचाइमा चाैँरी व्यावसायिकरूपमा पालन गरिँदै आएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चाैँरी गोठहरू पुर्याउने गरिन्छ । हिमाली समुदायको प्रमुख पेशाको रुपमा रहेको छ चाैँरी पालन व्यवसाय । यसरी पालिएका चाैँरी परापूर्व कालदेखि नै चीनको सोसाशित क्षेत्र तिब्बततिर बिक्री हुँदै आएका छन् ।
ओलाङचुङगोला क्षेत्रमा एक हजार पाँच सय, घुन्सा क्षेत्रमा ५ साय याम्फुदिनमा ७ सय वटा चाैँरी गरि २ हजार सात सय रहेका छन् । कञ्चजंघा संरक्षण क्षेत्रले नेपाल सरकारको ८० प्रतिशत र कञ्चनजंघा संरक्षण क्षेत्र र पशुपालक कृषकको २० प्रतिशत लगानी तथा संरक्षण क्षेत्रको प्राविधिक सहयोगमा अहिले पशुपालक कृषकको मागलाई हेरेर ८ सय याक तथा चाैँरीको बीमा गर्न लागिएको समेत कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयाे ।
चीनका विभिन्न क्षेत्रमा नेपाली चाैँरीका बाछा र चाैँरीबाट उत्पादित छुर्पी घ्यूका साथै पशुजन्य वस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङमाका छोवाङ शेर्पा बताउनुहुन्छ । चीनका बजारमा प्रति चाैँरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घ्यू प्रतिकिलो एक हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको बताइन्छ । ताप्लेजुङमा ९ पालिकामध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका बाहेक सात गाउँपालिकामा चाैँरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । चाैँरीको प्रमुख बजार चीनका विभिन्न क्षेत्रहरूमा निर्यात हुने गर्दछ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय चाैँरी पालनतर्फ आकर्षित हुने गरेको बताइन्छ ।
चीनको नाका बन्द भएकाले चाैँरीलाई नुनको समस्या
चीनको नाका बन्द भएपछि चाैँरीलाई दिने नुनको समस्या भएको छ । चीन तर्फबाट ल्याएको नुन खाँदै आएका चाैँरीलाई अहिले नेपालतर्फकाे नुन खुवाउँदा बिरामी परेका छन् । यहाँकाे नुन खाँदा चाैँरीहरु छेर्ने, झोक्राउने तथा घाँस नखाने गरेको पशुपालक किसानहरु बताउँछन् । फक्ताङलुङ गाउँपालिक वडा नं. ७ का अध्यक्ष छेतेन शेर्पा पनि चाैँरी पालक किसानले यस्ताे समस्या भाेग्ने गरेकाे बताउनुहुन्छ ।

चाैँरीकाे चोरी निकाशी
ओलाङचुङगोलामा रहको तिप्ताला नाका बन्द भएपछि बर्सेनि अवैध रुपमा चीनतिर चाैँरी गाई बिक्री हुँदै आएको खुलेको छ । यताकाे नाका बन्द भएपछि चाैँरी गाई ताथा याकहरु चीन तर्फ बिक्री हुन नसक्दा यसले समस्या निम्त्याएकाे प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले बताउनुभयो । ओलाङचुङगोला नाका हुँदै वर्षाैंँदेखि अवैध रुपमा चौँरी गाईहरु चीन तर्फ निकासी भएको अहिले आएर प्रमाणित भएको र यस विषयमा अनुसन्धान अगाडि बढ्ने प्रजिअ पोख्रेलले बताउनुभयो ।
नाका खुलाउन पहल
ओलाङचुङगोला मार्फत टिप्ताला भञ्ज्याङ नाका खुलाउन पहल भएको छ । साढे दुई वर्ष अगाडि बन्द भएको नाका खुलाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले बताउनुभयो ।
‘गृह मन्त्रालयले नाका खुलाउन आवस्यक छ कि छैन भनि सोधेको थियो, सोही अुनसार आवस्यक रहेको भन्दै फक्ताङलुङ गाउँपालिकाबाट समेत पत्र आएर गृहमा पठाइसकेकाे छ’, प्रजिअ पोख्रलले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments