
हिन्दू देवताहरूको तस्वीर भएको पत्रिकामा मासु बेचेकाे भन्दै व्यापारी पक्राउ
- असार २१, २०७९ मा प्रकाशित
काठमाडौं । हिन्दू देवताहरूको तस्वीर भएको पत्रिकामा मासु बेच्ने व्यक्ति पक्राउ परेका छन् । भारत, उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्वीरसहितको पत्रिकामा कुखुराको मासु बेच्नुका साथै प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका हुन् ।
बीबीसी हिन्दीका अनुसार घटना आइतवारको हो, जब तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी–देवताको तस्वीरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको गुनासो गरेका थिए ।एफआईआरमा उल्लेख गरिए अनुसार जब प्रहरी टोली पसलमा पुग्यो, तालिब हुसैनले उनीहरूलाई मार्ने नियतले छुरीले आक्रमण गरेका थिए ।
तालिब हुसैनमाथि आईपीसीको धारा १५३–ए, २९५–ए र ३०७ अन्तर्गत मुद्दा लगाइयो । यस विषयमा अनुसन्धान भइरहेको छ ।युपी प्रहरीलाई ट्याग गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘प्रहरीले तालिब नामका एक व्यक्तिलाई पक्राउ गर्यो, जसले यूपीको सम्भलमा देवी–देवताको फोटोसहित अखबारमा ननभेज बेच्ने गरेको थियो ।
त्यहाँ महर रेष्टुरेन्ट नामक होटलको काउन्टरबाट देवीदेवताका फोटोसहितका पत्रपत्रिका पनि ठूलो संख्यामा भेटिएका छन् ।’यस ट्विटमा सम्भल प्रहरीले जवाफ दियो, ‘घटनाको सम्बन्धमा प्रहरी चौकी सम्भलमा सम्बन्धित धारामा मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरिएको छ, अन्य कानूनी कारबाही भइरहेको छ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments