
हिन्दी फिल्म ‘आरआरआर’ सँग जुध्ने डरले ‘हेल्लो जिन्दगी’ पोस्टपोन्ड
- चैत्र २, २०७८ मा प्रकाशित
काठमाडौं: आउँदो ११ चैतबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘हेल्लो जिन्दगी’ पोस्टपोन्ड भएको छ । फिल्म युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्म १८ चैतमा प्रदर्शनमा आउने जनाएको छ ।
पूर्वघोषित डेटमा भारतीय निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनमा आउँदैछ । यद्यपि फिल्म सर्नुमा यसको प्राविधिक काम तथा प्रचारप्रसारलाई चाहिएको समय बताइएको छ । कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा थियो । ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए ।
त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् ।
फिल्ममा विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता छिन् ।
निर्देशक बोहरा र विक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा संवाद छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments