
हारेपछि अफगान समर्थकको उपद्रो, स्टेडियमका कुर्सी भाँचे, पाकिस्तानी समर्थकलाई कुटे
- भाद्र २३, २०७९ मा प्रकाशित
काठमाडाै । एशिया कपको सुपर फोर भिडन्तमा अफगानिस्तानमाथि पाकिस्तानले रोमाञ्चक जित निकालेको छ।यसअघि भारतलाई पनि हराएको पाकिस्तानले अर्को छिमेकी अफगानिस्तान**माथि पनि रोचक जित निकालेको हो। पाकिस्तानको जीतपछि दुई देशका दर्शकबीच स्टेडियममै कुटाकुट चलेको छ। पाकिस्तानसँग हारेपछि अफगान दर्शकहरु आक्रोशित भए।
दुवै देशका समर्थकले स्टेडियमका कुर्सी भाँचेर एकअर्कामाथि प्रहार गरे। एकअर्काविरुद्ध नाराबाजीसँगै अफगान समर्थकले केही पाकिस्तानी समर्थकलाई कुटपिट पनि गरेका छन्। यो भिडन्तमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो। अफगानिस्तान अन्तिम ओभरसम्म सुपर फोरको भिडन्तमा जिततिर गइरहेको थियो।
पाकिस्तानको अन्तिम विकेट क्रिजमा थियो। यस्तोमा नसीम शाह स्ट्राइकमा थिए। ६ बलमा १२ रनको जरुरी थियो। यस्तोमा यो प्रतियोगिताभर शानदार बलिङ गरिरहेका फजल्लाह फारुकीको हातमा बल थियो। यस्तो लाग्दैथियो, अब पाकिस्तानको हार टार्न सकिँदैन। तर फारुकीले लगातार २ बलमा छक्का हानेर पाकिस्तानको जीत पक्का गरे। यसलगत्तै स्टेडियममा तोडफोड र कुटपिट सुरु भयो।
खेलकै क्रममा आसिफ अली र अफगानी फरीदबीच छेडछाड चल्यो।खेलका क्रममा पाकिस्तानी ब्याटर आसिफ र अफगानी बलर फरीदबीच पनि भनाभन भएको थियो। १९ औँ ओभर बलिङ गर्न आएका फरीदको चौथो बलमा असिफले छक्का हाने। त्यसपछिको बलमा पनि फरीदले आसिफलाई क्याच आउट गराइदिए।
नन स्ट्राइकरतिर गइरहेका आसिफ र फलो थ्रुतर्फ गइरहेका फरीद ठोक्किए। त्यसपछिस दुवै एक दोस्रोबीच मुख छाडाछाड चल्यो। अनि आसिफले फरीदलाई हान्न आफ्नो ब्याट उठाए। त्यसलाई साम्य पार्न दुवै टिमका अरु खेलाडी जुट्नुपर्यो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments