
हलेसी र डेभलपमेन्ट सेन्टरको कार्यालय उद्घाटन
- असार २९, २०८१ मा प्रकाशित

इटहरी २९ असारः
इटहरीमा हलेसी महादेव मिडिया प्रालि र डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरको कोशी प्रदेश स्तरीय क्षेत्रीय कार्यालय स्थापना गरिएको छ । हलेसी महादेव मिडिया प्रालिले सञ्चार सम्वन्धी सेवा विस्तार गर्दै आएको छ । यस्तै डेभलपमेन्ट रिसर्च सेन्टरले खोज अनुसन्धान,क्षमता विकास तथा इभेन्ट म्यानेजमेन्ट लगायका सेवा प्रदान गर्ने छ ।
कार्यालय उद्घाटनका अवसरमा हलेसी मिडिया प्रालिका अध्यक्ष बाबुराम सुवेदीले व्यवसायिक पत्रकारिता सँगै सञ्चारसँग सम्वन्धित सेवा विस्तार गरिने बताए । सुचना पोर्टल डट कमका सम्पादक समेत रहेका सुवेदीले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा मेहेनत र खोजी पत्रकारिताको आवश्यक्ता महसुस हुँदै गएकोले सोही अनुसार समाचार सम्प्रेषण गरिने बताए । तीन वर्ष अघिदेखि सूचना पोर्टल अनलाईन डिजिटल पत्रिका सञ्चालनमा छ ।
यसै गरी रिसर्च सेन्टर मार्फत समाजमा भएका गतिविधि तथा भोली गर्न सकिने योजनाको बारेमा अनुसन्धान मुलक रिपोर्ट तयार गर्ने गरीको सेवा विस्तार गरिने जनाइएको छ । डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर कोशी प्रदेश प्रमुख शुभद्रा प्याकुरले सुवेदीले सेन्टर मार्फत संस्थागत प्रोफाइल तथा इभेन्ट म्यानेजमेन्ट सम्वन्धी व्यवसायिक सेवा विस्तार गरिने बताइन् । सूचना पोर्टल डट कमकी सह सम्पादक समेत रहेकी प्याकुरेलले स्थानीय तह तथा विभिन्न संस्थासँग समन्वय गरी क्षमता विकास सम्वन्धी तालिम तथा मनोपरामर्श सम्वन्धी सेवा समेत विस्तार गरिने बताइन् ।
इटहरी उप–महानगरपालिका अगाडीको भवनमा कार्यलय स्थापना गरिएको हो । हलेसी महादेव मिडिया प्रा.लि र रिसर्च सेन्टर प्रालि को व्यवस्थापक/ निर्देशकको जिम्मेवारीमा विजया प्याकुरेल रहेकी छिन् । उनका अनुसार व्यवसायिक तथा सामाजिक प्रवर्धनमा सरोकारवालाहरुलाई जोड्दै प्रभावकारी सेवा विस्तार गरिने छ ।
कार्यलय उद्घाटनका अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, शिक्षा सेवी लेखनाथ घिमिरे, नेपाल सरकारका पूर्व सह सचिव प्रेम प्रकाश उप्रेति, उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य टंक दुलाल, अग्रज पत्रकार कृष्ण विनोद लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, कवि मनु मञ्जील, प्रहरी निनिक्षक शम्भू वस्नेतलगायत विभिन्न क्षेत्रका प्रतिनिधी एवम् संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments