
हलेसी मन्दिर प्रवेश खुला
- फाल्गुन २, २०७८ मा प्रकाशित
खोटाङ: कोभिड–१९ को महामारीलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्राे लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो ।
कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फाुगनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णयअनुसार हलेसीको गेटमा तेस्राे पल्ट ताला लगाइएको थियो । पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदैआएको पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो ।
हलेसी मन्दिरको गेटमा ताला लागेको समयमा दर्शनार्थीले गेटभन्दा बाहिरबाटै दर्शन तथा पूजापाठ गरेका थिए । हलेसी मन्दिरको गेटमा लागेको ताला खुलेपछि दर्शनार्थीको आवागमन बढ्ने र व्यवसायमा सकरात्मक प्रभाव पर्नेमा होटल व्यवसायी उत्साहित छन् ।
कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नुअगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments