
हलिउड अभिनेत्री अमान्दा आमाको संरक्षकत्वबाट मुक्त
- चैत्र ९, २०७८ मा प्रकाशित
काठमाडौं: पूर्वअभिनेत्री अमान्दा बाइन्स नौ वर्षको संरक्षकत्वबाट मुक्त भएकी छन् । एक समयकी यी बालकलाकारलाई क्यालिफोर्नियाका न्यायाधीशले संरक्षकत्वबाट मुक्त गराउने आदेश दिएका हुन् ।
अमेरिकी गायिका ब्रिटनी स्पियर्सको जस्तै अमान्दा पनि सन् २०१३ देखि मनोचिकित्साले हेरचाह गर्ने गरी संरक्षकत्वमा थिइन् ।
बाइनस अहिले ३५ वर्षकी भइन् । उनी ‘द अमान्दा शो’ सँगै ‘ह्वाट ए गर्ल वान्ट्स’, ‘सीज द मेन’ र ‘इजी ए’ जस्ता फिल्मका कारण लोकप्रिय थिइन् । तर लागूऔषध तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएपछि उनी मनोचिकित्साको संरक्षणमा थिइन् ।
मंगलबार मात्र न्यायाधीश रोजर एल लन्डले उनलाई अब संरक्षकत्वको आवश्यकता नपर्ने आदेश दिएका थिए । ‘यति लामो समयावधिमा उनले अदालतले भनेका सबै कुराको पालना गरिन्’, न्यायाधीश लन्डले भनेका छन् ।
स्वनिर्णय गर्न नसक्नेन जोकोही व्यक्तिलाई अदालतले संरक्षणक तोकिदिन्छ । जसअनुसार अदालतले बाइन्सकी आमालाई छोरीको आर्थिक, व्यक्तिगतसँगै स्वास्थ्यका विषयमा निर्णय लिने अधिकार दिएको थियो ।
बाइन्सले एक विज्ञप्ति जारी गर्दै उनले फ्यानहरूलाई आफूप्रति देखाएको माया र सदभावप्रति धन्यवाद दिएकी छन् । ‘म मेरो वकिल र अभिभावकलाई पनि नौ वर्षको यो अन्तरालमा गरेको सहयोग र समर्थनप्रति धन्यवाद दिन चाहन्छु । यो अवधिमा मैले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन धेरै मिहिनेत गरें । म अब नयाँ जीवनलाई प्राथमिकतामा राखेर काम गर्नेछु’, उनले भनेकी छन् ।
बाइन्सले १६ वर्षको उमेरदेखि लागूऔषधको सेवन सुरु गरेकी थिइन् । तर एडिरल नामक औषधि सेवन गर्न सुरु गरेपछि उनको स्वास्थ्य अवस्था झन् खराब भएको थियो । उनले सन् २०१० देखि अभिनयबाट अवकाश लिइन् । त्यसपछि उनमा मानसिक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मानसिक स्वास्थ्य समस्याकै कारण उनले मदिरामा गाडी चलाउने, हिट एन्ड रन तथा निलम्बित लाइसन्सबाट गाडी चलाएकी थिइन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments