
हर्क साम्पाङले दिए सांसदहरुलाई ‘निषेध’ को चेतावनी, बालेनले भने, ‘गर्ने नै यहि हो’
- बैशाख ३, २०८० मा प्रकाशित

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले कोशीको पानी धरान ल्याउने योजना (प्रोजेक्ट) मा बजेट नपरे धरानमा सांसदहरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरूलाई धरानमा निषेध गरिने छ ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’
राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन्, ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’ मेयर राईको स्टाटसमा समर्थन जनाइरहेका बेला काठमाडौं महानगर र केन्द्र सरकारबीच पनि असमझदारी बढिरहेको छ । महानगरले बालुवाटारको फोहोर उठाउन रोकेको छ । काठमाडौंका मेयर बालेन शाहले विभिन्न १४ कारण देखाउँदै बालुवाटारको फोहोर उठाउन रोकेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments