
हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार
- आश्विन २२, २०८० मा प्रकाशित
बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी छोरीको बारेमा जानकारीका लागि एक जर्मन आमाले अपिल गरेकी छन् ।इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनलाई अपहरण गरेका थिए । त्यसपछि गाजाको सडकमा पिकअप ट्रकमा राखेर परेड गराइएको थियो । शानी लुक एक जर्मन पर्यटक हुन् जो महोत्सवमा उपस्थित थिइन् ।
जब चरमपन्थीहरूले आक्रमण गरे त्यहाँ उपस्थित मानिसहरू मरुभूमितर्फ दौडिएको देखिएको थियो । शानी लुककी आमा रिकार्डाका अनुसार उनले आफ्नी छोरीको भिडियो हेरिन् जसमा उनी कारमा अचेत अवस्थामा देखिन्छिन् । आफ्नी २० वर्षीया छोरीको तस्बिर समात्दै, रिकार्डाले सामाजिक सञ्जालमा एक अपील जारी गरेकी छन् जसमा उनले दक्षिणी इजरायलमा प्यालेस्टिनी हमासले पर्यटकहरूको समूह अपहरण गरेको उल्लेख गरेकी छन् ।
‘हामीलाई पठाइएको भिडियोमा, मैले मेरी छोरी अचेत अवस्थामा रहेको स्पष्ट रूपमा चिन्न सक्छु । उनीहरू उनलाई गाजा पट्टीमा लैजाँदै थिए,’ उनले भनेकी छन् । सामाजिक सञ्जालमा एउटा भिडियो निकै शेयर भइरहेको छ जसमा केही व्यक्तिहरु एक महिलालाई सडकमा परेड गराइरहेको देखिन्छ । महिलाको अनुहार तलतिर देखिए पनि परिवारले उनको ट्याटुबाट शानी लुकेको पहिचान गरेको बताएको छ ।
इजरायल–प्यालेस्टाइनमा हालसम्म ९७० जनाको मृत्यु भइसकेको छ सङ्गीत महोत्सवमा सहभागी भएका धेरै व्यक्तिहरू अझै बेपत्ता छन् र उनीहरूमध्ये धेरैलाई बन्धक बनाएको विश्वास गरिन्छ । हमासको आक्रमणमा इजरायलमा ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने २००० जनाको उपचार भइरहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments