
हत्या गरिएका कांग्रेस कार्यकर्ता परियारको सहमतिपछि अन्त्येष्टि
- बैशाख २८, २०७९ मा प्रकाशित
चितवनः धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने सहमति भएको हो ।
यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् । परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा हत्या भएको थियो ।
वाग्मती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताए । स्थानीय प्रशासनसँग दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग आफ्नो रहेको बताए ।
नेपाली कांग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले सहिद घोषणाका लागि पार्टीको केन्द्रमा लेखी पठाउने बताए ।
हत्यामा सङ्लग्न भएकाहरूको पहिचान भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि कांग्रेस र तिनका भातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका थिए । -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments