
हङकङमा मोडलको शव टुक्राटुक्रा पारिएको अवस्थामा फेला
- फाल्गुन १३, २०७९ मा प्रकाशित
हङकङ । हङकङमा हराइरहेकी एक मोडेलको टुक्रा पारिएको अवस्थामा शव फेला परेको छ । उनको शरीरबाट टाउको समेत गायब छ ।
मोडल एबी चोइ तिन फङको शरीरको एउटा हिस्सा पकाएर फ्रिजमा राखिएको अवस्थामा फेला परेको छ । उनका पूर्वपतिका आमाबुबा र दाजु पक्राउ परेको भोलिपल्ट उनको शवका टुक्रा फेला परेको हो । शुक्रबार ताइ पोस्थित लुङ मेइ स्युनमा रहेको गाउँको घरमा शव फेला परेपछि प्रहरीले चोइका पूर्वपतिको खोजी सुरु गरेको छ । स्रोतका अनुसार २८ वर्षीया चोइको हत्या १० करोड हङकङ डलर सम्पत्तिको विवादमा भएको हुनसक्छ ।
डिटेक्टिभ र फरेन्सिक विज्ञहरुले दिनभर सो गाउँमा तलासी लिएका थिए । स्रोतका अनुसार शरीका कुनै कुनै अंग अझै भेटिएका छैनन् । चोइ मंगलबार हराएकी थिइन्। त्यसअघि उनका पूर्व जेठान कदुरी हिलस्थित उनको घरमा गएका थिए ।
उनीहरु चोइकी छोरीलाई लिन हिँडेका थिए । तर, उनी छोरी लिन कहिल्यै पुगिनन्। त्यसपछि उनी हराएको सूचना प्रहरीमा पुगेको थियो । इन्स्टाग्राममा ८० हजार फलोअर्स भएकी चोइ फेसन म्यागेजिन ला अफिसियलको आवरणमा यही महिना देखिएकी थिइन् । एससीएमपी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments