
स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका- ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो ।
स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य चौकी देउरीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरण उपलब्ध गराएको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको विशेष पहलमा सगरमाथा इन्स्योरेन्स कम्पनीले राजस्व छुटसहित १५ लाख बराबरको एम्बुलेन्स र माछापुछ्रे बैकले ५ लाख ६५ हजार बराबरको प्रयोगशालाका उपकरणहरु उपलब्ध गराएको सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख डिबि कटुवालले जानकारी दिए ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको समन्वयमा सगरमाथा इन्स्योरेन्स कम्पनीले देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरणहरु हस्तान्तरण गरेको छ । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चुङ्की क्षेत्रीले त्रियुगा नगरपािलकाका नगर प्रमुख बलदेव चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो । साँचो हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापनका लागी देउरी स्वास्थ्य चौकीलाई उदयपुर सिमेन्ट उद्योग लिमिटेडको तर्पmबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छ्रे बैक लि. को तर्फबाट ५ लाख ६५ हजार र अन्य संघ÷संस्थाहरूको तर्फबाट गरि कुल ३० लाखको बराबरको सामाग्री स्वास्थ्य चौकी देउरीले प्राप्त गरेको छ । उदयपुर सिमेण्ट उद्योगमार्फत स्वास्थ्य चौकी देउरीका व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । एम्बुलेन्स तथा मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास लिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments