
स्वास्थ्यकर्मीको भेषमा अस्पताल पसे इजरायली सेना , गाेली हानी मारे प्यालेस्टाइनी
- माघ १७, २०८० मा प्रकाशित
एजेन्सी । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन । तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ । इजरायली सैनिकहरूले ती व्यक्तिहरूले आतंकवादी हमलाको योजना बनाएको बताएका छन् ।
इजरायली कमाण्डोहरूले कब्जा गरिएको वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा तीन जनालाई मारेका थिए र उनीहरूले आतंकवादीू आक्रमण गर्ने योजना बनाएका थिए । यी इजरायली कमाण्डोहरू स्वास्थ्यकर्मी र सर्वसाधारणको भेषमा अस्पतालमा प्रवेश गरेको प्यालेस्टाइनी मिडियाले जनाएका छन ।
प्रहरी र सेनाका अनुसार यी मध्ये दुई जना हालैका हिंसात्मक घटनामा संलग्न रहेको बताइएको छ । उही समयमा हमासले यस विषयमा भनेको छ कि अस्पतालमा हत्याहरू गाजा देखि जेनिनसम्म हाम्रा मानिसहरू विरुद्ध कब्जाको चलिरहेको अपराधको निरन्तरता हो । सिसिटिभी अनलाइन प्रसारणले झण्डै एक दर्जन गुप्त सैनिकहरू तीन जना महिलाको लुगा लगाएका र दुईजना मेडिकल स्टाफको लुगा लगाएर राइफल लिएर जेनिनको इब्न सिना अस्पतालको कोरिडोरमा हिंडिरहेका देखिएको छ । यद्यपि यो फुटेजको पुष्टि हुन बाँकी छ ।
इजरायली सीमा प्रहरीले बलको गुप्त इकाईले गरेको कारबाहीमा तीन प्यालेस्टिनी बन्दुकधारी मारिएको जनाएको छ । सेनाले तीमध्ये एक हमास सदस्यको रूपमा पहिचान गरेको छ । जसको बारेमा भनिएको छ, ‘अक्टोबर ७ मा भएको नरसंहारबाट प्रेरित भएर आक्रमण गर्ने योजना बनाइरहेका थिए ।’ तर, स्वास्थ्यकर्मीको भेषमा सैनिक पठाएको हमासका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । यसपछि इजरायलले जवाफी कारबाही गर्दै हमासमाथि हमला जारी राखेको छ । यसपछि वेस्ट बैंकमा हिंसा बढ्यो जुन अझै जारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments