•  ९ चैत्र २०८१
  •  2:51:47 AM

स्वावलम्बन लघुवित्तद्वारा नवजागृति टोललाई खानेपानी ट्याङ्की

- माघ १३, २०८१ मा प्रकाशित



इटहरी / निरन्तर महिला आत्मनिर्भरता कार्यक्रम सञ्चालन गरिरहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था पकलीले सामाजिक उत्तरदायित्वअन्तर्गत नवजागृति टोल विकास संस्थालाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।
स्वावलम्बन लघुवित्तले आज विशेष कार्यक्रम आयोजना गरी इटहरी–२ स्थित नवजागृति टोललाई हजार लिटर पानी अटाउने नेपाटप ट्याङ्की हस्तान्तरण गरेको हो । सो लघुवित्तका पकली शाखा प्रमुख रणबहादुर राईले इटहरी २ का वडाध्यक्ष माधव कोइराला, नवजागृति टोल विकासका अध्यक्ष ङणिन्द्र तिम्सिना, अजम्बरी महिला समूहकी अध्यक्ष बबिकुमारी खनाललाई ट्याङ्की हस्तान्तरण गरेका थिए ।
बबिकुमारी खनालको अध्यक्षता तथा माधव कोइरालाको मुख्य आतिथ्यमा सम्पन्न सो कार्यक्रममा मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, पतञ्जली योग समिति इटहरीकी अध्यक्ष उर्मिला कटुवाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शाखा प्रमुख राईले लघुवित्तका गतिविधि र सामाजिक उत्तरदायित्वअन्तर्गत शाखामातहत गरिएका कामको विवरण सुनाएका थिए भने वडाध्यक्ष कोइराला र टोलविकास अध्यक्ष तिम्सिनाले एक थुकी सुकी सय थुकी नदी भनेझैँ टोलमा सानो–सानो सहयोग जुटाएर उल्लेख्य कामहरू भएको उदाहरण प्रस्तुत गरेका थिए ।

Comments

सम्बन्धित खवर