
स्वदेश फर्कंदै क्रिकेट टिम
- चैत्र ९, २०७८ मा प्रकाशित
काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टिम आज (बुधबार) स्वदेश फर्कंदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी गराएको छ ।
नेपाली टिमले संयुक्त अरब इमिरेट्स (यूएई)मा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको हो ।
नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो । नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्याे । पहिलो खेलमा ४८ रनले पराजित नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
लिग-२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकाल्दै १२ अंक सहित छैटाैं स्थानमा छ । सात टिम सहभागी तालिकामा ओमान २८ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments