
स्थापनाकाे ३० वर्षपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनकाे स्विकृती
- माघ २५, २०७९ मा प्रकाशित
इटहरी । पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको बाटो खुला भएको छ । तयारी सुरु गरेको १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो ।संघिय सरकारको मन्त्रीपरिषदको बैठकले कोसी अस्पताल विराटनगरलाई अभ्यासका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि विश्वविद्यालयलाई कलेज सञ्चालन गर्ने बाटो खुलेको रजिष्टार निलमणि पोखरेलले बताए ।
२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्नदिने सहमति गरेको थियो । सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रीपरिषदको बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको हो ।
गत मंसिर ४ गतेको चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोरङको सुन्दरहरैचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमतिका लागि पहल गर्ने आश्वासन दिएका थिए । दाहालले आफ्नै क्याबिनेटबाट मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएका हुन् ।
‘पछिल्लो दुई वर्षदेखि हामीले निरन्तर प्रयास गरेका थियौं, मन्त्रीपरिषदले स्वीकृति दिएपछि बल्ल बाटो खुल्यो,’ पोखरेलले भने,‘ सम्भव भए यसै वर्ष नभए अर्काे वर्ष विद्यार्थी भर्ना गर्छाैं ।’
मन्त्रिपरिषद्ले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति प्रदान गरेको पत्र प्राप्त भएपछि थप प्रकृया अगाडि बढाउने पोखरेललले बताए ।
‘मुख्य समस्या शिक्षण अस्पतालको थियो, त्यो सामधान भयो, हामीसँग सबै कोर्स तयार छ, अब फ्याक्टी नियुक्त गर्छाैं,’उनले भने,‘ सिट संख्या भने चिकित्सा शिक्षा आयोेगले अध्ययनपछि निर्धारण गर्छ ।’ पियूमा भर्र्ना भएका विद्यार्थीले अध्यापन पियूको संरचना भएको स्थान गोठगाउँमा गर्नेछन्, अभ्यास भने विराटनगरको कोशी अस्पतालमा हुनेछ ।
कोसी अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने अनुमति पाएपछि मेडिकल कलेज सञ्चलनको बाटो खुलेको विश्वविद्यालय मेडिकल संकायका निमित्त डिन नविन लामिछानले बताए । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, विएन, फार्मेसीलगायत कोर्सको अध्यापन भने भइरहेको उनले बताए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको थियो । २०५६–०५७ सालमा मोरङको गोठगाउँमा आठ सय पाँच बिघा जमिन पूर्वाञ्चल विश्वविद्यालयको संरचना निर्माणका लागि सरकारले दिने निर्णय गरेको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको तयारी भने तत्कालीन उपकुलपति जगतबहादुर केसीले २०६० सालयता सुरु गरेका थिए । केसीले २०६२ सालमा इन्ट्रान्स परीक्षा पनि गराए । तर राजनीतिक परिवर्तन पछि उनकै विरुद्ध आन्दोलन भयो । आन्दोलनका कारण शैक्षिक कार्यक्रमहरु पनि प्रभावित भएका थिए ।
विश्वविद्यालयले २०६२ सालमा एक सय (५० जना नेपाली ५० जना सार्क राष्टका) विद्यार्थी एमबिबिस अध्यापनका लागि इन्ट्रान्स आह्वान गरेको थियो । त्यसबेला पाँच सय जना विद्यार्थीले इन्ट्रान्स फारम भरेका थिए । आन्दोलनपछि भने मेडिकल कलेज सञ्चालनको योजना अवरुद्ध भयो । त्यसपछि चिकित्सा शिक्षा सम्बन्धी बनेका ऐनका कारण मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments