
स्थानीय निर्वाचन: वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन
- बैशाख ८, २०७९ मा प्रकाशित
वीरगञ्ज: आसन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको छ ।
एमाले पर्सा अध्यक्ष जयप्रकाश थारू र लोसपा पर्सा अध्यक्ष पुरूषोत्तम लाल झाबीच बिहीबार वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।
‘आसन्न स्थानीय निर्वाचनको क्रममा वीरगञ्ज महानगरपालिकाको विकास र प्रगतिको लागि नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र र संघीयताप्रति प्रतिबद्धता दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका मिलेर निर्वाचन सहभागी हुन सहमत भएका छौँ,’ सहमतिपछि दुवै अध्यक्षद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘समृद्ध वीरगञ्जको सपनालाई सफार पार्न दुवै पार्टीको यो सहमति अपूर्ण रहेको छ । वीरगञ्ज र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्ने उद्देश्यले सहमति भएको छ।’
स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments