
स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिने झापाका १४ काँग्रेस कार्यकर्तालाइ कारबाही
- असार ४, २०७९ मा प्रकाशित
झापा । नेपाली काँग्रेस झापाले १४ जना नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ । स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र ती उम्मेदवारहरूको प्रस्तावक र समर्थक गर्ने १४ जना कारबाहीमा परेको काँग्रेस झापाका सभापति देउकुमार थेबेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल, कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक रहेका छन् ।
पराजुलीका प्रस्तावक लैनवहादुर थापा, राजवंशीका प्रस्ताव कमलबहादुर थापा र समर्थक नरेन्द्रवहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०६९ वैशाख १६ र १९ को नेपाली काँग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार झापा जिल्ला कार्य समितिले मिति २०७९-१-२४ गते नै बागी उम्मेदवार र प्रस्तावकर समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments