
स्थानीय तह निर्वाचन : बर्दिबासले सार्वजनिक गर्यो कार्यतालिका
- बैशाख ९, २०७९ मा प्रकाशित
महोत्तरी: स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् ।
उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको समय राखेको छ। उम्मेदवार मनोनयन दर्ता गर्न ११ वैशाखदेखि १२ वैशाखसम्म बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुला गरिएको छ ।
उम्मेदवारी दर्ता भएका उम्मेदवारको सूची १२ वैशाखकै बेलुका ५ बजेदेखि ६ बजेको बीचमा प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा १ अनुसार व्यवस्था गरिएको उम्मेदवारविरुद्ध उजुरी दिन १३ वैशाख बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
१४ वैशाख र १५ वैशाखमा उजुरीउपर निर्णय भएपछि १५ वैशाखमा उम्मेदवारको नाम प्रकाशन गरिने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए ।
अन्तिम नामावली भने १६ वैशाखमा प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई चिन्ह प्रदान गरेपछि ३० वैशाख बिहान ७ बजेदेखि नै मतदान सुरु हुनेछ ।
बर्दिबास नगरपालिकामा ५८ मतदानस्थल छन् भने ती स्थलमा झण्डै ४७ हजार मतदाताले मतदान गर्नेछन । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments