
स्थानीय तह निर्वाचन: चार सय आठ उम्मेदवारको भाग्यविधाता बन्दै इटहरीका मतदाता
- बैशाख १८, २०७९ मा प्रकाशित
इटहरीः आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सुनसरीको इटहरी उपमहानगरपालिकामा चार सय आठ जना उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् । एक सय दुई पदका लागि प्रारम्भमा पाँच सय ४१ जनाको उम्मेदवारी परेकोमा एक सय ३३ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चार सय ८ जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशन गरेको हो । कुल उम्मेदवारहरुमध्ये मेयरको प्रतिस्पर्धामा १६ जना र उपमेयरमा सात जना अन्तिम नतिजा नआएसम्म प्रतिस्पर्धामा रहने भएका छन् ।
नेकपा माओवादी केन्द्रले गठबन्धनलाई जिताउन पहल गर्ने भन्दै आफ्ना सबै उम्मेद्धवारी फिर्ता लिइसकेको छ भने नेकपा एकिकृत समाजवादीले पनि गठबन्धनमा सहमति भएबाहेका सबै उम्मेद्धवारी फिर्ता लिएको छ ।
२० वडाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका ३४ जना, खुल्ला वडा सदस्यमा उम्मेदवारी दिएका ४७ जना, महिला वडा सदस्यमा उम्मेदवारी दिएका २६ जना र दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
इटहरीमा मेयर पदका लागि १८ जना, उपमेयर पदमा ९ जनाको उम्मेदवारी परेकोमा दुवै पदका दुई÷दुई जना आकांक्षीले उम्मेदवारी फिर्ता लिएसँगै अब मेयर पदमा १६ जना र उप–मेयर पदमा सात जना मात्र प्रतिस्पर्धामा उत्रने भएका हुन् । इटहरीको २० वटा वडाको लागि ८७ जनाले वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै ४० खुल्ला वडा सदस्यमा पदमा दुई सय ३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ४७ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
बाँकी एक सय ५६ जना चुनावी मैदानमा होमिएका छन् । महिला वडा सदस्य र दलित महिला वडा सदस्यमा क्रमशः एक सय १ जना र ८९ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये महिला वडा सदस्यबाट २६ जना र दलित महिला सदस्यबाट २२ जनाले नाम फिर्ता लिएसँगै अब महिल वडा सदस्यमा ७५ जना र दलित महिला वडा सदस्यमा ६७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments