
स्टिल कारखानामा फसेको सयौँ युक्रेनी सैनिकको उद्धार
- जेष्ठ ४, २०७९ मा प्रकाशित
किभ: युक्रेनले मंगलबार दुई महिना भन्दा लामो समयदेखि मारिउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा फसेका आफ्ना सयौँ सेनालाई उद्धार गरिएको पुष्टि गरेको छ । उपरक्षामन्त्री हान्ना मालियारले अत्यन्तै नराम्ररी घाइते भएका ५३ जना सैनिकलाई रुस समर्थित लडाकुहरूको नियन्त्रणमा रहेको नोभोआजोभ्स्क सहरमा लगिएको बताएकी छन् ।
उनले अन्य २११ जनालाई मानवीय उद्धार मार्गमार्फत लडाकुको कब्जामा रहेको अर्को सहर ओलेनिभ्कामा पुर्याइएको बताएकी छन् । रुसले यसअघि घाइते युक्रेनी फौजलाई बाहिर लाने विषयमा एउटा सम्झौता भएको बताएको थियो ।
रोयटर्सले सोमबार साँझ दक्षिणी बन्दरगाह सहर मारिउपोलस्थित विशाल औद्योगिक क्षेत्रबाट लामो समयदेखि स्टिल कारखानाको भूमिगत तल्लामा लुकिरहेका युक्रेनी फौज बोकेर गएका करिब एक दर्जन बस देखिएको जनाएको छ ।
आफ्नो भिडियो सम्बोधनमा मंगलबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, “युक्रेनी सेना, गुप्तचर निकाय, बार्तामा संलग्न टोलिहरू, रेडक्रस तथा संयुक्त राष्ट्र संघको यस उद्धार अभियानमा सहभागिता रहेका छन् । युक्रेनलाई आफ्ना योद्धाहरू जीवित चाहिन्छ । उनीहरूलाई तत्कालै रुसी फौजले मुक्त गर्ला जस्तो छैन । यसका लागि अर्को वार्ताको आवश्यकता हुने छ ।“
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल कारखानामाबाट लगिएका युक्रेनी सेनालाई सम्बन्धित अन्तर्राष्ट्रिय कानुनअनुसार नै व्यवहार गरिने मंगलबार बताएका छन् । -बीबीसीबाट

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments