
सोमपालको अर्धशतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य
- असार २९, २०८० मा प्रकाशित

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए । १०१ बलको सामना गरेका सोमपालले ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, प्रतिश जिसीले २६ रन जोडे । २४ बलको सामना गरेका प्रतिशले २ छक्का र १ चौका प्रहार गरे ।
यस्तै कुशल मल्ल र अर्जुन साउदले १७–१७ रन जोडे । यस्तै, गुल्सन झापले १३, ओपनर आसिफ शेख १२ रन, कप्तान रोहित पौडेल ४ तथा पवन सराफ र कुशल भुर्तेलले १–१ रनको योगदान दिए । ललित नारायण राजवंशीले १ रन जोड्दा भीम सार्की भने शून्य रनमै आउट भएका थिए ।
बलिङतर्फ पाकिस्तानका लागि साहनावाज दाहानीले ५, मुहम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ । नेपाल रहेको समूह ’बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् । नेपालले दोस्रो खेल भारतसँग सोमबार र यूएईसँग बुधबार खेल्ने छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments