
सेयर बजार २९ अंकले घट्यो
- बैशाख ४, २०७९ मा प्रकाशित
काठमाडाैं: वर्षको पहिलो दिन सेयर बजार नेप्से २९ दसमलव ६० अंकले ओरालाे लागेकाे छ । नेपाली सेयर मार्केट नेप्से २०७९ साल बजार खुलेको पहिलो दिन आइतबार सेयर परिसूचक १ दशमलव २३ प्रतिशतले घटेर बजार २३ सय ८५ दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा आइतबार ३४ लाख सात हजार २७२ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि नेप्सेमा सेयर कारोबार रकममा निरन्तर ओरालो लाग्दै आएको छ ।
सेन्सेटिभ इन्डेक्स ५ दशमलव १२ अंकले गिरावट आउँदा इन्डेक्स ४५० दशमलव ९८ अंकमा पुगेको छ । आइतबार बजारमा २४ कम्पनी नाफा कमाउँदा १६७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।
आइतबार घटेको बजारमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २२६ रुपैयाँ बढेर दुई हजार ४८८ रुपैयाँ मा कारोबार भएको छ ।
त्यस्तै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २१ रुपैयाँ बढेर ५४२ रुपैयाँमा कारोबार भएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments