
सेयर बजार दोहोरो अंकको ओरालो
- चैत्र २९, २०७८ मा प्रकाशित
काडमाडौं: सेयर बजार मंगलबार ३४ दशमलब ७९ अंकको ओरालो लागैसँगै २३८५ दशमलब ०१ अंकमा अएर बन्द भएको छ । घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ । यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ ।
यसरी बजार घट्दा कारोबार रकममा कमि आउनु भनेको लगानी कर्ता योभन्दा सस्तोमा सेयर बेच्न राजी नभएको बुझिन्छ । मंगलबार बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे ।
होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलब ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलब १ मा अन्तिम कारोबार भएको छ ।
नेश्डो लघुवितको सेयर मूल्य २०५७ पुगेको छ । विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्, शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments