
सुसंस्कृत समाज निर्माणमा शिक्षकहरुको योगदानः भगवती चौधरी
- आश्विन ११, २०७९ मा प्रकाशित
इटहरी । नेकपा एमालेकी नेतृ भगवती चौधरीले दक्ष जनशक्ति उत्पादन र योग्य नागरिक निर्माणमा शिक्षकहरुको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । सुनसरीको इटहरीमा नेपाल प्रगतिशिल प्राध्यापक संगठन १ नं. प्रदेश कमिटिले विजया दशमी दिपावली तथा छठ लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको विचार गोष्ठि तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शिक्षकहरुको योगदानलाई राष्ट्रले मुल्यांकन गर्नुपर्ने बताइन् ।
इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुसंस्कृत समाज निर्माणमा पनि शिक्षकहरुको भूमिका रहने बताउँदै नेकपा एमाले शिक्षकहरुका समस्या र हक अधिकारका लागि सदैव लागि पर्ने पनि बताइन् । चौधरीले विजयादशमी, दिपावली, नेपाल संम्वत, छठ पर्व लगायतको शुभकामना दिँदै नेपाली चाडपर्वहरुले सबै वर्ग, समुदाय, संस्कार र संस्कृतिलाई एकताबद्ध गराउन, आपसी भाइचारा वृद्धि गर्न समेत टेवा दिएको पनि बताइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments