
सुर्नया गाउँपालिकाका जनप्रतिनिधि लाखाैं खर्चेर लुम्बिनीदेखि इलाम भ्रमणमा
- फाल्गुन १७, २०७८ मा प्रकाशित
बैतडी: आगामी ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर, बैतडीको सुर्नया गाउँपालिकाका केही जनप्रतिनिधि कार्यकालकाे उत्तरार्धमा लुम्बिनी र इलाम भ्रमणमा निस्केका छन् ।
१० फागुनमा भ्रमणमा निस्केकाे टाेली आज इलामबाट फर्कँदैछ ।
कार्यकाल सकिनैलाग्दा जनप्रतिनिधिहरु कर्मचारीसहित भ्रमणमा गएका हुन् । वडा नम्बर १ का वडाअध्यक्ष गजेन्द्र चन्द, २ का वडाअध्यक्ष हर्क पाण्डे, ३ का वडाअध्यक्ष दिलाराम भट्ट, ४ वडा वडा अध्यक्ष दिनेश भट्ट, गाउँसभा सदस्य प्रकाश लुहार, पुष्पा पाल चन्द र हेमा भट्ट जिल्लाका विभिन्न स्थानीय तहमा पुगे । उनीहरुसँग सामाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत रामसिंह महरा, लघुउद्यम विकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार शाखाका प्राविधिक लोकेश विष्ट, रोजगार शाखा प्रमुख सुरेन्द्र धामी पनि थिए ।
भ्रमण टोलीमा सहभागी सुर्नया-३ का वडाअध्यक्ष दिलाराम भट्टले भने, ‘इलामको चिया बगान, केही कृषि तथा पशु फार्ममा पुग्यौँ । अवलोकन भ्रमण गरिरहेका छौँ ।’
सुर्नया- ४ का वडाअध्यक्ष दिनेश प्रशाद भट्टले आगामी नेतृत्वलाई सुझाव दिन भ्रमणमा निस्केको जिकिर गरे ‘सुरुका वर्षदेखि नै भ्रमणमा जाने योजना थियो, विविध कारणले रोकिएको हो, अहिले निस्केका छौँ, हाम्रो अन्तिम कार्यकाल भए पनि अब आउने प्रतिनिधिलाई सुझाव-सल्लाह दिन सकिने छ,’ उनले भने ।
गत पुसमा बसेको गाउँ कार्यपालिका बैठकबाट अन्तरपालिका स्तरीय भ्रमणमा जाने निर्णय भएकाे थियाे । भ्रमण टोलीले पेस्कीको रुपमा ५ लाख लगेको लेखा शाखा प्रमुख प्रेमराज भट्टले बताए । भ्रमणका लागि ८ लाख रकम छुट्याइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सहितको १६ जनाको कार्यपालिकाको टोली र पाँच जनासम्म कर्मचारी भ्रमणमा जाने निर्णय भएकाे थियाे । तर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने भ्रमणमा गएका छैनन् ।
गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले कार्यपालिकाबाट अनुशिक्षण भ्रमणको रुपमा जाने निर्णय भएकाे बताए । ‘केही साथी भ्रमणमा गएका छन् म गइँन,’ उनले भने ।
वडाध्यक्ष बाेहरा भन्छन्- कार्यकालकाे अन्तिममा भ्रमण जानुकाे अर्थ छैन
कार्यकालकाे अन्तिममा हुने भ्रमणको औचित्य नभएकाले आफू सहभागी नभएको वडा नम्बर ८ का अध्यक्ष आनन्द बोहराले बताए । उनले भने, ‘सुरुका वर्ष भ्रमणमा जान प्रस्ताव मैले पनि गरेको हुँ । त्यतिखेर जान सकिएन । अहिले अन्तिममा आएर भ्रममणमा जानुकाे अर्थ छैन । जनतालाई के जवाफ दिने ?’
अन्यत्र पालिकाका राम्रा अभ्यासकाे अनुशरणका लागि भ्रमण आवश्यक रहे पनि अहिले अर्थ नरहेकाे उनकाे भनाइ छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments