
सुरक्षित आवास कार्यक्रम : झापा गाउँपालिकामा ६०३ घर निर्माण
- असार १३, २०७९ मा प्रकाशित
झापा । सुरक्षित आवास कार्यक्रम अन्तरगत झापा गाउँपालिकामा ६०३ वटा घर निर्माण भएका छन् ।विपन्न परिवारलाई लक्षित गर्दै सुरक्षित आवास कार्यक्रम अन्तरगत घर निर्माण गरिएको हो । आगामी आर्थिक वर्ष २०७९ ÷०८० मा समेत झापा गाउँपालिकाका विपन्न परिवारका लागि घर निर्माण गर्ने कार्यक्रम रहेको बताइएको छ ।जसका लागि सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।
झापा गाउँपालिका,साहारा नेपाल,ह्याविट्याट नेपालको त्रिक्षीय समन्वयमा बनेका र बन्न लागेका विपन्न आवासका बारे अन्तरक्रिया भएको हो।अन्तरक्रियामा त्रिपक्षीय साझेदारीमा बनेका घरका विषयमा सछलफल भएको थियो । छलफलमा साहारा नेपालका प्रतिनिधि टिपी शर्मा कट्टेलले सन २०१९ देखि हाल सम्म झापा गाउँपालिकामा ६०३ घर निर्माण गरिएको बताएका थिए ।
उनले विपन्न परिवारका लागि आवास कार्यक्रम अन्तरगत क्रमिक रुपमा सबै विपन्न समेट्ने समेत उदेश्य राखेको बताए ।कार्यक्रममा साहारा नेपालका संरक्षक डिल्लीराम सिटौलाले वि.सं २०५१ सालमा स्थापना भएको संस्था अहिले यहाँसम्म आएकोमा गर्व गर्दै विपन्न आवास निर्माणमा सहयोग गर्ने मौका दिएकोमा झापा गाउँपालिकालाई धन्यवाद दिए।त्यस्तै कार्यक्रममा ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर रामसिंह दनुवारले ह्याविट्याट नेपालले विपन्न आवास निर्माण गर्दा नयाँ–नयाँ कार्यक्रम लिएर आएको दावी गरे।अहिले आवास सँगै सौचालयको समेत निर्माण गर्ने अभियान लिएका छौ,अब अझै नयाँ केही गर्ने सोचिरहेका छौन उनले भने।
कार्यक्रममा १ र ७ वडाका वडाध्यक्षहरु राजकुमार यादव र सखीचन्द्र ठाकुरले विपन्न आवास निर्माण गर्न आफ्नो वडामा अझै धेरै विपन्न रहेको अवगत गराएका थिए।कार्यक्रममा गाउँपालिका अध्यक्ष जयनारायण साहले विपन्न आवास निर्माणमा संस्थाहरुले गरेको सहयोग प्रशंसा गर्दै गाउँपालिकाले नेपाल सरकार सँग पहल गरेर १०० वटा आवास निर्माण गर्नका लागि सशर्त अनुदान समेत प्राप्त गरेको बताए।
नेपाल सरकारको अनुदान मात्र प्रयाप्त नहोला,हामीले धेरै भन्दा धेरै आभास निर्माण गर्नु छ,त्यसैले सबै संस्थाहरु मिलेर जाने अपेक्षा लिएको छु ञ उनले भने। साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अन्जुदेवी थपलियाले राखेकी थिइन ।कार्यक्रममा सात वटै वडाका वडाध्यक्षहरु,साहारा नेपाल र ह्याविट्याट नेपालका प्रतिनिधिहरु,कर्मचारी,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments