
सुरक्षाकाे प्रत्याभूति र सचेतना जगाएकाे भन्दै पालिकाले गर्यो प्रहरी इन्चार्जलाई सम्मान
- चैत्र ९, २०७८ मा प्रकाशित
भैरहवा: रुपन्देहीको काेटशीमाई गाउँपालिका क्षेत्रमा अपराध नियन्त्रण तथा रोकथाम गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत दिलाएकाे भन्दै प्रहरीलाई सम्मान गरेकाे छ ।
पालिका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बानिया, प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले प्रहरी निरीक्षक सुरज जंगखत्रीलाई सम्मान गरेका हुन् । सम्मानित खत्री पालिका क्षेत्रमा पर्ने ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख हुन ।
बृहत समुदाय सुरक्षा अभियान कार्यक्रममार्फत सुरक्षित समाज निर्माण गर्न निर्णायक भूमिका खेलेकाे भन्दै स्थानीय तह प्रहरी साझेदारी अभियानको समापनमा सम्मान गरिएकाे हाे ।
अवैध रुपमा हुने तस्करीलाई रोक्दै विद्यालयस्तरमा सचतेना जगाउने, कोरोना महामारीका बेला मास्क बैंक स्थापना, निःशुल्क मास्क, सेनिटाईजर वितरण तथा प्रयाेगबारे जानकारी र सचेतना जगाउनेमा महत्वपूर्ण भुमिका खेलेका थिए । खत्रीलाई जिल्ला प्रहरी कार्यालयले पनि जिल्लाकै उत्कृष्ट ईन्चार्ज भनी २ पटक ईन्टीग्रिटी अवार्ड प्रदान गरिसकेकाे छ ।
समाजमा अमयनचयन कायम गर्दै आएकाले मझगावाँ क्षेत्रका जनतामाझ निडर प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक खत्री परिचित हुँदै आएका छन् । उनी सहित पालिकाकाे गतिविधि समाचारकाे माध्यमबाट जनतामा पुर्याएकाे भन्दै मर्चवार सन्देशका सम्पादक हृदयराम गुप्तालाई पनि सम्मान गरिएकाे छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments