
सुन्दरहरैंचामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा र “सेवाका सारथि” पुस्तकको लोकार्पण हुने
- बैशाख १६, २०८२ मा प्रकाशित

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको योजना र उद्देश्यबारे जानकारी दिएका हुन्। सम्मेलनमा बोल्दै गौशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले मन्दिरमा भगवानको प्राणप्रतिष्ठा यही वैशाख १८, १९, र २० गते पं. भवानीशंकर निरौलाको करकमलबाट सम्पन्न हुने बताए। उनका अनुसार भगवान शिवको मूर्ति भारतीय कलाकारहरूले हस्तकला प्रविधिबाट निर्माण गरेका हुन्, जसलाई चन्दादाताहरूको सहयोगमा खरिद गरिएको हो।
त्यसैगरी, “सेवाका सारथि” पुस्तकको लोकार्पण वैशाख २० गते बिहान ११ बजे गरिने जानकारी दिइयो। पुस्तक नयाँ वृन्दावन गौशालाका लागि अध्यक्ष गङ्गादेवी काफ्लेले प्रकाशन गरेकी हुन्। काफ्लेको जीवन, संघर्ष, शिक्षा र सेवामा आधारित यस कृतिले नेपाली शिक्षाक्षेत्रमा प्रेरणादायी योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। पुस्तकमा काफ्लेको सुकुना बहुमुखी क्याम्पसको स्थापना र व्यवस्थापनमा खेलेको भूमिकालाई विशेष स्थान दिइएको छ।
कार्यक्रमसँगै अर्काे ऐतिहासिक योजना पनि तयारी चरणमा रहेको जानकारी दिइएको छ। विज्ञान गृह स्थापना सम्बन्धी रहेको उक्त योजना हाल ‘गर्भमै’ भए पनि निकट भविष्यमा नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको सहकार्यमा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको शास्त्रीले बताए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments