
सुन्दरहरैंचामा जनतालाइ प्रश्न गर्न नदिएपछि बिथाेलीयाे ऋषि धमलाकाे कार्यक्रम : धमलामाथी नै जाइलागे जनता
- आश्विन २७, २०७९ मा प्रकाशित
इटहरी । मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवारलाई बोलाइएको एक कार्यक्रममा विवाद भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका– १२ को वडा कार्यालयमा ऋषि धमलाले सञ्चालन गरेको जनता जान्न चाहान्छन् कार्यक्रम छायाँङ्कन गर्ने क्रममा विवाद भएको हो ।
आउँदो निर्वाचनलाई केन्द्रीत गरि विभिन्न स्थानमा संवाद कार्यक्रम गर्दै आएका धमलाको कार्यक्रममा सहभागि स्थानीयलाई प्रश्न गर्न नदिएपछि विवाद भएको हो । कार्यक्रमको रेकर्डको तयारी गरिरहदाँ स्थानीयलाई प्रश्न सोध्नबाट रोकेपछि कार्यक्रमस्थलमै विरोध भएको स्थानियहरूले बताए ।
जनतालाई प्रश्न सोध्न र जनताको जिज्ञासा मेटाउनका लागि राखिएको कार्यक्रममा मोरङ क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार भानुभक्त ढकाल, राप्रपाकी नेतृ रेखा थापा, र स्वतन्त्र उम्मेदवार जयराज संयोक उपस्थित थिए । कार्यक्रमका लागि नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा गएनन् ।
धमलाले झापा, सुनसरीमा मंसिर ४ महासंग्राम ब्यानरमा कार्यक्रम गरेका थिए । ति कार्यक्रममा सहभागि स्थानीयलाई प्रश्न गर्न दिइएको थियो । तर मोरङ क्षेत्र नम्बर ३ मा पूर्व निर्धारित कार्यक्रम स्थल परिवर्तन गरेर सुन्दरहरैचा नगरपालिका– १२ को वडा कार्यालयमा बनाइएकाे थियाे । कार्यक्रममा सहभागिलाई प्रश्न गर्न नमिल्ने नियम बनाइयो । प्रश्न गर्न नपाउने भएपछि कार्यक्रम स्थल पुगेका स्थानीयले विरोध गरे । स्थानीयको विरोधका कारण कार्यक्रम छायाङ्कन केही समय ढिलो भएको थियो ।
दिउँसो कार्यक्रममा केही क्षण ढिलोगरि थापा पुग्दा भानुभक्त ढकाल, जयराम संयोक र ऋषि धमला पुगिसकेका थिए । कार्यक्रमबारे प्रश्न उठाउँदै थापाले सरकारी कार्यालय वडा नम्बर १२ को बन्द कोठामा कार्यक्रम हुनुमा आपत्ति जनाएकी थिइन् । उनले भनिन्, ‘बन्द कोठामा कार्यक्रमले गरिदाँ जनतामा सकारात्मक सन्देश जादैन । जनतालाई बोलाइसकेपछि जनताको प्रश्न लिन नसक्ने र जवाफ दिन नसक्ने कार्यक्रमको औचित्य नहोला । त्यसमा एमाले नेता ढकाल सकारात्मक हुनुभएन । उहाँ बोल्न चाहनु भएन । त्यसपछि विरोध सुरु भयो ।’
प्राइम टेलिभिजनका इटहरी संवादादाता विकल रेग्मीका अनुसार बिराटचोकमा जनता जान्न चाहान्छन् कार्यक्रम सुट गरिएको थियो । साे कार्यक्रममा सहभागिलाई बाेल्न दिन नमिल्ने उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments