
सुन्दरहरैंचामा कार्तिक ३ गते देखि वडा स्तरीय फुटसल प्रतियाेगिताकाे तेश्राे संस्करण हुने
- आश्विन २९, २०७९ मा प्रकाशित
सुन्दरहरैचा । फुटसल खेलको विकास तथा खेलाडीहरु उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले मोरगंको सुन्दरहरैचामा आयोजना गरिदै आएको वडा स्तरिय फुटसल प्रतियोगिताको तेस्रो सस्करण आगामी कार्तिकमा हुने भएको छ ।
सुन्दरहरैचा नगरपालिकाको प्रवन्धन तथा प्लानेट रिक्रियसन सेन्टरको आयोजनामा सुन्दरहरैचा मेयर कप तेस्रो वडा स्तरिय फुटसल प्रतियोगितामा आगामी कार्तिक ३ गतेबाट सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका १२वटै वडाको सहभागिता रहने र १२वटै टिमलाई चार वटा समुह वनाएर खेल खेलाईने जानकारी गराइयो । खेलकुद क्षेत्रको विकास लागि समेत बजेट विनियोज गर्ने काम नगरपालिकाले गरिरहेको सुन्दरहरैचा नगरपालिका प्रवक्ता तथा वडा नम्बर १२का वडाध्यक्ष रोशनप्रसाद ढकालले वताए । उनले युवाहरुलाई कुलतबाट वचाउन समेत खेलकुद क्षेत्रको योगदान हुने तर्फ मध्यनजर गर्दै फुटसल लगायतका खेलहरुका लागि नगरपालिकाले सहयोग गर्ने गरेको स्पष्ट पारे ।
प्रतियोगिताका लागि २लाख ९२हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तरगत विजेताले ५१हजार नगद, ट्रफि प्रमाण पत्र ,उपविजेताले २१हजार नगद ,ट्रफि प्रमाण पत्र तृतिय हुनेले ५हजार सहित ट्रफि प्रमाण पत्र र शान्तवना हुनेले ट्रफि प्रमाण पत्र प्राप्त गर्ने जानकारी गराइयो । सुन्दरहरैचा नगरपालिकाले सहयोग गर्र्दै आएको र आफुहरुले पनि खेलाडीहरुको प्रोत्साहन गर्ने गरेको पुर्वाञ्चल फुटसल व्यवसायी संघका सचिव तथा प्रतियोगिताका संयोजक समिर बस्नेतले वताए ।
त्यसै गरी सर्वाेत्कृष्ट खेलाडी सर्वोत्कृष्ट गोलकिप्पर र उदयमान खेलाडीलाई समेत नगद सहित ट्रफि प्रमाण पत्र प्रदान गरिने जनाइयो ।पत्रकार सम्मेलनमा सुन्दरहरैचा नगरपालिका प्रवक्ता तथा वडा नम्बर १२का वडाध्यक्ष रोशनप्रसाद ढकाल, एन्फा मोरगंका उपाध्यक्ष प्रकास मास्के , फुटसल प्रशिक्षक योगेन्द्र गुरुगं लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments