
सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम भन्छन् : पार्टी जोगाउन लाग्दा छोरा-नाति जोगाउन सकिनँ
- मंसिर १, २०७९ मा प्रकाशित
इटहरी । यतिबेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ ।
उनी जीवनभर पार्टीका लागि काम गर्दा पार्टी जोगिएको, तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो गर्छन् । ‘सक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिनँ । खै कसको लागि राजनीति भइरहेको छ ?’ उनले भने ।
सिटौलाले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन्, ‘चुनाव अगाडि नेतासँग हिँड्नु दौडनु बेकार रहेछ । जितेपछि फर्किएर हेर्दैनन् । हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए ऐले मेरा नाति नातिनी मसँगै त हुने थिए । पार्टी बचाएर जीवनभर उपेक्षाबाहेक केही पाइएन बाबु । अब त नयाँ अनुहारलाई मौका दिने हो,’ उनले भने ।
सिटौलाले थपे राणा शासन, पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखेको उल्लेख गर्दै देशको मुहार परिवर्तन भएको देख्न नपाइने हो कि भन्ने चिन्ता रहेको बताए । ‘हुन त म आफै इतिहास हुन लागें, तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइनँ । अति भएपछि खती हुन्छ भन्थे हो रहेछ ।
यो अति भएपछि युवा जागेका हुन् । म त खुसी छु, यो मेरा लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भएँ,’ उनले भने । उनको क्षेत्र मोरङ ३ मा नेपाली कांग्रेसका डा.सुनिल शर्मा, एमालेका भानुभक्त ढकाल, राप्रपाकी रेखा थापा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments