
सुन्दरहरैँचामा भूउपयोग सम्बन्धी काम शुरू
- भाद्र २७, २०७९ मा प्रकाशित
इटहरी । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीको लागि भूउपयोग सम्बन्धी योजना तर्जुमाकाे काम शुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्न लागेको हुनाले यसकाे पूर्व तयारीका लागि काम शुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवत्ता राेशनप्रसाद ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीकाे प्राविधिक मार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको बताए ।
नगरकाे वडा न. १० र १२ मा प्रारम्भिक चरणको काम शुरू भएको छ । विद्यमान भूउपयोग अवस्था, भूमिको उर्वरता, जनसंख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डीकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराइन् ।
नगरमा भूउपयोग परिषद्को काम नगर कार्यपालिकाले नै गरी जमिनको वर्गीकरण गर्ने काम पूरा हुनेछ परामर्श दाता खतिवडाले बताइन् । उनले कृषि क्षेत्रका लागि न्यूनतम २ कठ्ठा र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गदै स्थानीयसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधार लगायतका क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताइन् ।
यस अघि प्रचलित अब्बल, दोयम, सिम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ। पहिलो चरणमा तथ्याङ्क लिएर नक्साङ्कन गरिने र थप काम अघि बढाइने नगर प्रबक्ता ढकालले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments