
सुन्दरहरैँचामा दुइ बालिका बलात्कृत : हाेटलमा बन्धक बनाएर जबरजस्ती गरेकाे अभियाेगमा ४ जना पक्राउ
- पुष ४, २०७९ मा प्रकाशित
इटहरी । मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीका अनुसार दुवै बालिका १४ वर्ष उमेरका छन् । विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि खोजी गर्ने क्रममा बलात्कारको घटना खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
सुन्दरहरैंचा नगरपालिका–३ र ५ घर भएका किशोरी यही पुस १ गते शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका थिए । विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न गए । भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङले दुबैलाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले सुन्दरहरैंचा–७ बेलगाछीमा रहेको होटल दरबार इन रेस्टुरेन्ट एण्ड लजको दोस्रो तलाको अलग–अलग कोठामा किशोरीहरुलाई रातभर राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पढ्नलाई विद्यालय गएका बालिका राति अबेरसम्म घर नफर्किएको जानकारी दिँदै अभिभावकले खोजीका लागि सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए । भोलिपल्ट अर्थात शनिबार मात्रै उनीहरु घर फर्किए । अभिभावक र प्रहरीले सोधीखोजी गर्दा दुवै बालिकाले आफूहरु बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठले बताएका छन् ।
उनका अनुसार पीडित किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । अभिभावकले इलाका प्रहरी कार्यालय बेलबारीमा आइतबार साँझ जाहेरी दिएका थिए । त्यस लगत्तै खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्नलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
t
तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी र कार्की घटनाका मतियार हुन् । उनीहरुले तिम्सिना र तामाङसँग बालिकाको भेट गराउने, होटलको कोठा मिलाइ दिने, खानेकुराको व्यवस्था गरिदिने तथा बलात्कारपछि बालिकालाई गर्भनिरोधक औषधि उपलब्ध गराउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार बलात्कारको सिकार भएका बालिका स्थानीय विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत छन् । विराटनगरको कोसी अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गराउने तयारी प्रहरीको छ । बलात्कारमा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट सोमबार म्याद थप गरेर प्रहरीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments