
सुनसरी २ प्रदेश सभा : द्वारिकलाललाई आफ्नैले पत्याएनन् : हलाे र रिक्साले मत बढाउदा एमालेलाइ घाटा
- मंसिर ८, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं २ क को प्रदेशसभा तर्फको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ भने दोश्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टि तेश्रोमा माओवादी केन्द्र र चौथोमा स्वतन्त्रका उम्मेद्वार रहेका छन ।
निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दिएको जानकारी अनुसार बिहान ९ बजेको पछिल्लो प्रारम्भिक मत परिणाम अनुसार सुनसरी २ क प्रदेशसभा प्रत्यक्ष तर्फ नेकपा एमालेका उम्मेद्वार रेवती रमण भण्डारीले ८३२४ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्वन्दी राष्ट्रीय प्रजातन्त्र पार्टीका उम्मेद्वार मोहन बस्नेत ५३४८ मत ल्याएर पछ्याइरहेका छन त्यसैगरी एमालेबाट बिद्रोह गरी माओवादी प्रवेश गरेका इटहरीका पुर्व मेयर द्वारिकालाल चौधरी ५०३४ मत प्राप्त गर्दै तेश्रो स्थानमा परेका छन भने कांग्रेसबाट बिद्रोह गरि बागि उम्मेद्वारी दिएका दिपेन्द्र घिमिरेले २९६१ मत प्राप्त गर्दै चौथो स्थानमा परेका छन ।
प्राप्त मतलाइ सर्वेक्षण गर्दा माओवादी केन्द्रका चौधरी आफ्रनै क्षेत्रबाट पछि पर्दै गएका छन । स्थानिय तह निर्वाचनमा एमालेले बहुमत प्राप्त गरेको क्षेत्रमा रिक्सा र हलो तर्फ मत खसेको छ । स्थानिय तह निर्वाचनमा एमालेको लागि वडा वडामा पुगी उम्मेद्वारलाइ मत मागेका इटहरीका पुर्व मेयर चौधरीले निर्वाचनकै बेला पार्टि परित्याग गर्नु उनकोलागि घातक बनेको उनले प्राप्त गर्दै गरेको मतले पनि देखाएको छ । सुनसरी २ क मा इटहरीको वडा १,२,३,४,५,१६ को गणना सकिएको छ ।
उक्त वडामध्ये स्थानिय तहको निर्वाचनमा इटहरी १ बाहेक सबै वडामा एमालेले बहुमत ल्याएर बिजयी भएको थियो । अहिले एमालेमा आउने मत स्वतन्त्रको रिक्सा र हलोमा खनिएको छ भने माओवादी केन्द्रका उम्मेद्वार चौधरीलाइ आउने मत एमाले तर्फ खनिएको मत परिणामबाट देख्न सकिन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments