
सुनसरी १ बाट मुख्यमन्त्री राइकाे नाम सिफारिस
- भाद्र १२, २०७९ मा प्रकाशित
इटहरी । सत्तारुढ नेकपा एकीकृत समाजवादीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई आगामी निर्वाचनमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार हुन सिफारिश गरेको छ।
नेकपा एसको सुनसरी जिल्ला कमिटीले शनिबार उनको नाम उम्मेद्वारका रुपमा सिफारिश गरेको हो। सत्तारुढ गठबन्धनबाट यही क्षेत्रबाट जसपा नेता अशोक राईले पनि उम्मेद्वार बन्ने बताउँदै आएका छन्।
मुख्यमन्त्री राई भोजपुरका बासिन्दा हुन्। प्रदेशसभामा भोजपुरबाट निर्वाचित मुख्यमन्त्री राई यसपटक संघीय निर्वाचन लड्ने योजनामा छन्। त्यसका लागि उनले भोजपुर वा सुनसरी १ छान्ने चर्चाका बीच सुनसरी पार्टीले उनको नाम सिफारिश गरेको हो।
जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ । धरानसहितका स्थानीय तहहरु यो क्षेत्रमा छन्।
जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले बताए ।
यस्तै, दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन्।
सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय भएको सुवेदीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments