
सुनसरी – माेरङ नहरकाे जग्गामा गिद्धे दृष्टी लगाउने काे काे ? बढदैछ अतिक्रमण
- आश्विन २०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।
विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।
तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिँदै गएको छ ।
दुई वर्षयता रामधुनीको झुम्काबजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँठाउँमा घर–टहरा बनाइएका छन् ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटकपटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ । तर सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै नहर आसपास मनोमानी घर–टहरा बनिरहेका छन् ।सुनसरीको रामधुनी र इटहरीको खनार क्षेत्रमा जथाभावी घर–टहरा बनाउने क्रम तीव्र बनेको छ । कतिपय सङ्घसंस्थाको अगुवाइमा शौचालय र सिँचाइकै जग्गामा भवनसमेत निर्माण गरिएको छ ।
बसोबास गर्ने क्रममा अन्यत्र बस्ने दरिलो आधार नभएपछि बाध्य भएर नहर आसपासका जग्गामा बस्नु परेको स्थानीयवासीले बताएका छन् । उनीहरूले सुनसरी मोरङ सिँचाइ आयोजनाले सूचना निकालेर हट्न आग्रह गरे पनि उपाय नभएपछि बस्नु परेको बताएका छन् ।
रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार चौधरीले बजारको बीचबाट नहर बगेकाले बजार नै कुरूप बन्दै गएको र नहर अतिक्रमणको चपेटामा परेको बताउनुभयो ।नहर आसपास बसोबास गर्नेलाई ऐलानी जग्गाको पहिचान गरी सार्ने योजना रहेको इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो ।
अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन् । नहर दिनानुदिन साँघुरिएकाले खाद्यान्न उत्पादनमा कमी आउने गर्छ । चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा खेतीलाई सिञ्चित गर्ने गर्छ । नहर विसं १९६७ मा बनाइएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments