
सुनसरी प्रहरी कार्यालयमा अचानक डिआइजी गिरी छिरेपछि…
- श्रावण ३, २०७९ मा प्रकाशित
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा साेमबार प्रदेश एक प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले अनुगमन तथा निरिक्षण गरेका छन । प्रदेश एककाे १४ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरूकाे अवस्था , नागरिक संगकाे ब्यवहार र काम कार्वाहिबारे निरिक्षण गर्दै आएका प्रहरी प्रमुख डिआइजी गिरीले साेमबार जिलला प्रहरी कार्यालय सुनसरीमा पनि निरिक्षण गरेका हुन । उनले कार्यालयमा रहेका प्रहरी प्रमुख देखि सानाे दर्जाका प्रहरी बस्ने आवास गृह , भान्सा तथा हाजिरी खाता देखि थुनुवाकक्ष र थुनुवाहरूकाे अवस्था बारे बुझेका छन ।
डिआइजी गिरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापा लगायत अन्य प्रहरी अधिकृतहरूसंग पनि भेट गरेका थिए । उनले साे कार्यालय परिषर अन्तरगत रहेका सबै शाखाहरूकाे निरिक्षण गर्दै जिल्लालाइ अपराधरहित बनाउन सबै प्रहरी युनिटलाइ निर्देशन दिएका थिए । डिआइजी गिरीले निरीक्षणका क्रममा उनले खुला सीमाका कराण हुने विभिन्न अपराधिक गतिविधि र चोरी तस्करी नियन्त्रण गर्नका लागि सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएका छन ।
प्रहरीको आचरण र व्यवहार सुधार गरी आमनागरिकसँग सधैँ शिष्ट र सभ्य व्यवहार गर्न तथा शून्य सहनशीलताको अक्षरस पालना गर्दै प्रविधिमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान गर्न, फरार अपराधिलाई पक्राउ गर्न, आफ्नो कार्यालय तथा विभिन्न सामग्रीको हिफाजत गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाएर विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी नागरिक र प्रहरीको सम्बन्ध सुमधुर बनाउन, प्राकृतिक स्रोतमाथिको दोहन रोक्न र सवारी दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई प्रभावकारी बनाउन उनले निर्देशन दिएका हुन।
डिआइजी गिरीले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा योजना बनाएर तयारीमा जुट्न पनि निर्देशन दिएका छन् । सुरक्षा योजना बनाएर निर्वाचनमा खटिन तयारी अवस्थामा रहन पनि डिआइजी गिरीले निर्देशन दिएका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments