
सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ
- बैशाख १५, २०८० मा प्रकाशित

इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरी पठाइएको छ ।
उता जिल्ला प्रहरी कार्यालय सुनसरीले २०७९ साउन १ गतेदेखि हालसम्म ३३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको सक्रियता र नागरिकको जागरुकताले फरार व्यक्ति पक्राउ गर्न सफल भएको र अन्य फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान निरन्तर जारी रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments